२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

असार १ देखि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागु, पहिलो चरणमा १० अस्पतालबाट शुरु

असार १ देखि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागु, पहिलो चरणमा १० अस्पतालबाट शुरु
अ अ+ अ-

काठमाडौं । एक चिकित्सक-स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम लागु हुने भएको छ । उक्त कार्यक्रम अन्तर्गत रहेर पहिलो चरणमा १० वटा अस्पतालमा लागु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

देशभरीका अस्पतालहरुमा एकैपटक एक चिकित्सक-स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्न समस्या आउने भएकाले पहिलो चरणमा देशका विभिन्न स्थान गरि कुल १० वटा अस्पतालमा  कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको मन्त्रालयले जनाएको छ । 

कार्यक्रम सञ्चालनका लागि केही समयअघि ल्याईएको एक चिकित्सक÷स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि, २०७७ का अनुसार पहिलो चरणमा असारदेखि १० वटा अस्पतालमा लागु गर्ने तयारी रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो । डा. अधिकारी भन्छन् ‘एक चिकित्सक-स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि,२०७७ यहि असार १ गतेबाट शुरु हुन्छ,’ उहाँले काठमाडौं प्रेसँग भने ‘अस्पतालहरुसँग सबै छलफल भईसकेको छ ।’

पहिलो चरणमा स्वास्थ्य मन्त्रालयले नुवाकोट अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल र पाँचथर अस्पतालमा उक्त कार्यक्रम लागु गरिने उहाँले बताउनुभयो । ‘पहिलो चरण १० अस्पतालमा लागु गरिएपछि अर्को आर्थिक वर्षदेखि थप व्यवस्थापन गर्दै लाने तयारीमा छौँ,’ उहाँले भन्नुभयोे । यस्तै उक्त कार्यविधि अनुसार चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले विभिन्न आधारमा भत्ता तथा अन्य सुविधा पाउने छन् । अतिरिक्त भत्ताको निर्धारण प्रक्रिया स्वास्थ्य संस्थाले चारवटा आधारमा गर्न सक्नेछन ्।

यस्तै एमएसएस स्कोर ८० प्रतिशत वा सो भन्दा माथि भएमा वा पछिल्लो स्कोरमा २५ प्रतिशत बढी आएमा १०० प्रतिशत भत्ता पाउने, एमएसएस स्कोर ६० देखि ८० प्रतिशत भएमा वा पछिल्लो स्कोरमा २० प्रतिशत बढी आएमा ७५ प्रतिशत भत्ता, एमएसएस स्कोर ४० देखि ६० प्रतिशत भएमा वा पछिल्लो स्कोरमा १५ प्रतिशत बढी आएमा ५० प्रतिशत भत्ता र एमएसएस स्कोर ४० प्रतिशत भन्दा कम आएमा २५ प्रतिशत भत्ता पाउने नर्देशिकामा उल्लेख गरिएको छ ।