२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा प्रदर्शन गरिरहेका नागरिक आन्दोलनका अगुवाहरु पक्राउ



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारको बाहिर पट्टि प्रदर्शन गरिरहेका बृहत नागरिक आन्दोलनका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती, खगेन्द्र संग्रौलालगायतलाई पक्राउ गरेको हो। 

उनीहरुले केही दिनदेखि सरकारका विरुद्धमा प्रदर्शन जारी राखेका छन् । सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन शुरु गर्नासाथ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

नागरिक अगुवाहरुले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका थिए। उनीहरुले प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो भनेर लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए । प्रहरीले भने उनीहरुलाई निषेधाज्ञाको उल्लंघन गरेको भनेर पक्राउ गरेका हुन् ।