३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा प्रदर्शन गरिरहेका नागरिक आन्दोलनका अगुवाहरु पक्राउ



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारको बाहिर पट्टि प्रदर्शन गरिरहेका बृहत नागरिक आन्दोलनका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती, खगेन्द्र संग्रौलालगायतलाई पक्राउ गरेको हो। 

उनीहरुले केही दिनदेखि सरकारका विरुद्धमा प्रदर्शन जारी राखेका छन् । सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन शुरु गर्नासाथ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

नागरिक अगुवाहरुले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका थिए। उनीहरुले प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो भनेर लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए । प्रहरीले भने उनीहरुलाई निषेधाज्ञाको उल्लंघन गरेको भनेर पक्राउ गरेका हुन् ।




भर्खरै