१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

फेरिएको समाज

फेरिएको समाज
अ अ+ अ-

छोरो गयो परदेश, बग्ने चौलानी,

आमा घरै रुने,

कहाँ जान्छ बग्न्या पानी,

कैको माया मानी। 

राजेश घिमिरे

प्रसिद्ध गायक भोजराज भट्ट चौलानी खोलो र विदेश जाने छोरो र आमाको आँशुको कथा खुबै चलेको छ। किनकी सुदूरपश्चिम र कर्णालीका धेरै मानिसले आफ्नो जीवन चौलानी खोलाको पानीझैँ मान्छन्। जीवन पानीझैँ बगेको बगेकै छ तर कहाँ जाने हो थाहा छैन।

यो नियात्रा सुदूरपश्चिमको अछाम र कर्णालीको सल्यानका केही स्थानहरूमा आएका परिवर्तनको अध्ययनका लागि बैशाखको अन्तिम साता पत्रकारहरूको एउटा टोली त्यतातिर घुम्दै गर्दाखेरिको अनुभूतिमा आधारित छ। त्यही टोलीको एउटा सदस्य थियो यो पङ्तिकार।

बाटो हिड्ने वा गुड्ने क्रममा अनेक पटक खोलो तर्दा भोजराज भट्टको त्यही देउडा याद आउथ्यो अनि याद आउथ्यो आमाको आँशु। छोरो त परदेश गयो  त,  चौलानी खोलो किन बग्नु परेको होला, आमा किन रुन परिरहेछ? अनि पानी बगेर चाहिँ कहाँ जान्छ? यस्ता अनेकन प्रश्नहरू मन आउँदा अछाममा टिकेर बसिरहनु भएका एक युवा पञ्चदेवल विनायक नगरपालिकाबाट निक्लने पत्रिका सुदूर आज कार्यकारी सम्पादक दिनेश केसीले अलि बुझाउनुभयो, परिस्थिति यस्तै रहने हो भने छोराछोरी कि परदेश जानेछन् कि मधेश। आमा पनि उनीहरूसँगै जानेछन्। अनि फगत चौलानी खोलो मात्र बगिरहने छ। “बग्न्या पानी” उनीहरूकै “माया मानी” मधेशतिरै झर्ने छ, अछामका पहाडहरूलाई अझै उजाड बनाएर सबै मधेशतिर लाग्नेछन्।

दिनेश केसी रेडियो पञ्चदेवल एफएमका स्टेसन म्यानेजरका रूपमा पनि काम गर्नुहुन्छ। दिनेश भन्नुहुन्छ, “सुदूर पश्चिम आफैमा विकट छ। अछाम तीमध्ये पनि सबैभन्दा विकट जिल्ला हो। यहाँको बाटो, सडक, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत सबैको अवस्था अन्य जिल्लाको तुलनामा बिजोग छ। काम नभएपछि युवाहरूले विदेश वा अन्य क्षेत्रमा रोजगार खोज्न जानु स्वाभाविक पनि हो। हाम्रोमा भारत जानेको सङ्ख्याचाहिँ अलि बढि छ।”

दिनेश थप्नुहुन्छ, ” हाम्रो युवाले रोजगारी पाउने भनेको विकासे योजनामा अलि अलि काम पाउने हो। त्यसको कमाईले दिनमा दुई छाक पनि पुग्दैन। त्यसैले सबैजसो युवा भारत जान्छन् रगतपसिना बगाउँछन्। यो हामी अछामवासीको बाध्यता हो।”

दुई छाकको जोहो गर्न अधिकांश युवाहरू विदेशिए पनि अछामको विकासको गति भने रोकिएको छैन। कुनै बेला रोड अफ डेथ अर्थात मृत्युका बाटो भनिने सडकहरूलाई अहिले सुरक्षित बनाउन प्रयास भइरहेको छ। कयौ ठाउँमा कालोपत्र बनेको छ।सबैजसोमा नाला र कलभर्टहरू बनेको छ।सुर्खेत–दैलेख हुँदै कर्णाली राजमार्ग पुग्ने सियाकोट–तल्लोडुंगेश्वर सडक खण्डमा फुर्केर हिडन पाइएको छ। कर्णाली राजमार्ग पनि विस्तारै बन्दैछ छ।

तल्लोडुंगेश्वर भनेकोचाहिँ नयाँ बजार हो। दैलेख जिल्लामा पर्ने यो बजारमा च्याउझैँ उम्रेका छन् होटेलहरू। हामी त्यहाँ पुग्दा खाजा खाने बेला भएको थियो। एउटा होटेलमा छिरेको त एकजना दिदी भर्खर समातेको माछा सफा गर्दै हुनुहुन्थ्यो।उहाँले नै बडो जतनका साथ माछालाई मसलामा मिसाउनु भयो अनि तातो तेलमा झ्वाइ पार्नुभयो। त्यो तात्‌तातो माछा कुरूम कुरूम खानुको मजा नै बेग्लै थियो।आहा अहिले सम्झेर लेख्दा नि मुख रसायो।

पुतलासँग जम्काभेट

पुतला नाच। तस्बिरः राजेश घिमिरे

रामारोशन यस क्षेत्रकै गजबको पारिस्थितिक प्रणाली भएको नमुनास्थल हो। त्यही जान हिँडेको थियो टोली।  अचानक रमाइलो भयो। यस क्षेत्रको मौलिक परम्परा र संस्कृति पुतला नाचसँग आत्मसात गर्न पाइयो।

वसन्त ऋतुमा नाचिने पुतला नाचका पछाडिको कथा हो- एकादेशमा एक राजाकी पुतली नामकी छोरीको मधेशमा बिहे भयो। सर्पले टोकेर उनी मरिन। उनकै सम्झनामा राजाले नाच सुरु गरे। आधारभूत रूपमा कथा यति नै हो तर हरेक डाँडामा यसको उपकथा हुन्छ। अछाममा अछामी राजाको कथा हुन्छ भने डोटीमा डोटेली राजाको।

अछाम, डोटी, बझाङ र बैतडीको पूर्वी भेक, बाजुरा, जुम्ला, कालिकोटदेखि हुम्लासम्म सबैतिर यो उत्सव मनाइन्छ। महत्त्वपूर्ण कुराचाहिँ यसका सहभागी महिला मात्र हुन्छन्।

‘पुतला खेल्न पर्यो, आओ आओ सँगीसाथी, रनै पुतए…।’ यसको समाजशास्त्रीय महत्व अनेक होला। तर गायनका क्रममा जब महिलाहरूले तलका सुरलाई आरोह गरेर आलाप लिन्छन् नि त्यो ध्वनीले तपाईँको आङ सिरिङ्ग भएर रौ ठाडा बनाइदिन्छन्। आँखा बन्द गरेर आलापको आरोहअवरोहको मजा लिदैँ यो गीत सुन्नु भयो भने परम आनन्द केलाई भन्छ बुझ्नुहुनेछ।

ओडारमुनि बास

अछाम जिल्लाको पूर्वउत्तरमा पर्ने रामारोशन क्षेत्र समुन्द्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार ७९२ मिटर उचाइमा पर्छ। रामा र रोशन नामक ठूला मैदानहरूका कारण यो क्षेत्र र यहाँको गाउँपालिकाको नाम रामारोशन राखिएको छ। १२ वटा ताल अर्थात् बण्ड र ठूला १८ वटा घाँसे मैदान अर्थात् खण्ड भएको यो ठाउँलाई स्थानीयले “१२ बण्ड र १८ खण्ड” भएको स्वर्गको टुक्रा मान्छन्।

बाटुल्ला ताल । तस्वीरः राजेश घिमिरे

थोरै समयमा धेरै घुम्न पर्ने भएकाले हामीले पनि यही स्वर्गको एक टुक्रामा एक रात बितायौ। त्यो पनि ओडारमुनि सामान्य पाल टाँगेर। साँझको खाना त्यही आधा घण्टा पैँतालीस मिनेटमा तयार गरिएको लोकल कुखुराको झोल, सिमी मिसाएको लोकल दाल अनि भात। नेपालीलाई लेकको जाडोमा तातो भात खान पाएपछि के चाहियो र? एकाबिहानै भोकाएका यात्रुगण अघिल्लो रातको बासी दाल पिएर जिउ तङ्ग्राउँदै हिड्‌न थाले। त्यो मजा शब्दमा बयान गर्न अलि सकिएन।

राष्ट्रिय समाचार समितिका पत्रकार विमल विष्टको भनाइमा “जिन्दगीमा पाँच तारे होटलका मुलायम बिच्छ्यौनामा पनि सुतियो तर रामारोशनको सामान्य पालमुनिको सुताई विशेष थियो। रोशनको ठूलो चौरको एउटा कुनामा बसेर खुला आकाशमा टल्किरहेका ताराहरू नियाल्नुको मजा बेग्लै छ हजुर।”

अनेक थरिका पारिस्थितिक प्रणालीको नमुनास्थल हो रामारोशन क्षेत्र भनेर अघि नै भनियो। स्थानीय बासिन्दा यसलाई पर्यटनस्थलका रूपमा विकास गरेर प्रगतिको पथमा लम्किन चाहन्छन्।

पत्रकार विमल विष्ट भन्नुहुन्छ, “पर्यापर्यटनका लागि यो ठाउँको धेरै सम्भावना भएको स्थान रहेछ। अहिले बसोबासका लागि सामान्य होटलहरू छन् तर ती वनको जग्गामा रहेछन्। गाउँपालिकाले अहिले धेरै काम गरिरहेको छ तर सबै पर्यटक आएर ओढारमा बस्ने कुरा आएन। यसमा वनसँग कुरा गरेर प्रकृतिमा असर नहुने गरी बास राम्रो व्यवस्था गर्नपर्ने देखिन्छ।”

रामारोशन पर्यटन विकास तथा व्यवस्थापन समितिका शमशेरबहादुर बोहरा, ” सबै मौसममा घुम्न सकिने स्थान हो रामारोशन। वर्षामा आउनुहोस् हरियाली झरना र तालहरू हेर्न सकिन्छ। हिउँदमा आउनु भयो भने हिउँले सेताम्ये भएको रामारोशनमा रमाउन सक्नुहुन्छ। बसन्तमा आउनुहुन्छ भने नौ प्रकारका लालीगुँरास हेर्न पाउनु हुन्छ। धार्मिक रूपमा पनि यो स्थान अत्यन्त महत्त्वपूर्ण छ।”

जैविक विविधताका हिसाबले अत्यन्त संवेदनशिल क्षेत्र भएकाले यहाँ पर्यटनको विकास गर्दा प्राकृतिक सम्पदालाई असर नपर्ने हिसाबले गरिनुपर्छ।

पास्तामेकरमा रोटी बेल्दै एक किशोरी। तस्बिरः राजेश घिमिरे

 

सुदूरपश्चिमको अछामका केही स्थानको यात्रा सकेर हामी कर्णालीको सल्यानतिर लाग्यौ। सल्लीबजार पुगियो। कर्णालीको विकटता र पछौटेपनको सधैँ सुनिने रागलाई सल्लीबजारको एउटा चिया पसलको एउटा दृष्यले भङ्ग गरिदियो। त्यो चियापसलमा राखिएको थियो “पास्तामेकर”। चिया पसलमा करिब एक घण्टा बस्दा पास्तामेकरबाट रोटी बनेको देखियो अनि त्यसैबाट ताजा चाउमिन बनाएर ग्राहकलाई तत्कालै पस्किएको पनि देखियो। यसबाट कर्णाली नयाँ प्रविधिलाई आत्मसात गर्न तयार रहेछ भन्ने बुझियो। यस्ता दृष्य नेपालका अन्य स्थानमा देख्न दुर्लभ हुन्छ। तर सल्यानका गाउँका अन्य चिया र खाजा पसलमा पनि पास्तामेकरको भरपूर उपयोग भएको र त्यसबाट प्रसस्त समय बचाएको देख्न पाउनु भनेको खुशीकै कुरा हो।

सल्लीबजारबाट पुगियो सदरमुकाम शारदानगर भनिने खलङ्गामा। त्यहाँ अनेकन कथाहरू विस्तारै भन्दै जाउँला।गाँउलेले लगाएका टिमुरका बुटा हेर्दाहेर्दै अचानक सिद्धकुमाख गाउँपालिकाको एउटा गुफामा पुगियो।

सल्यानमा अनेकथरी गुफा रहेछ, शारदा नगरपालिकाको माल्नेटामा साततले गुफा  र शिव गुफा, दमाचौरको चमेरे गुफा, छत्रेश्वरी गाउँपालिकाको चाँदनी, सिद्धकुमाखको सिद्धगुफा, बाग्चौर नगरपालिकाको शिव गुफा अनेकन।

सल्यानको विच भागमा पर्ने कुमाख लेकको फेदमा रहेको सिद्धगुफामा पूर्वाधार निर्माणका काम सुरु भइसकेको छ। अहिले धार्मिक पर्यटकहरू आउन थालेका छन्। विस्तारै अरू पनि आउछन् भन्ने आशामा छन् स्थानिय बासिन्दा।

पारिलो घाममा कल राखेर बालबालिकाका स्कुले पोशाक सिउन व्यस्त कुमाखका खिमबहादुर परियारका आँखामा गुफाको कुरा गरेपछि गजबको चमक देखियो। खिमबहादुर आफूहरूले अलिअलि लगानी गरेर गुफाको संरक्षण गरेको र शिव मन्दिर व्यवस्थित बनाएको बताउनु हुन्छ। खिमबहादुर भन्नुहुन्छ, “वडाले लगानी गरेको छ, पालिका र प्रदेश सरकारहरूले गरिदिए अलि धेरै पर्यटक आउथे हाम्रो ठाउँको पनि विकास हुन्थ्यो नि।”

पात नदेखिने कुभिण्डे दह

सिद्धगुफाका बारेमा अनुसन्धान धेरै नै गर्न पर्ला। तर सल्यानको सबैभन्दा आकर्षक स्थलचाहिँ कुभिण्डे वा कुपिण्डे दह हो। कुभिण्डे दहको कथाचाहिँ भन्नै पर्छ। कुपिण्डे दह ३४ मिटर गहिरो रहेको मानिन्छ। दह २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे दहको लम्बाइ आठ सय ३४ मिटर र चौडाइ पाँच सय ३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।

सल्यानकी चर्चित पत्रकार सरिता चलाउनेको यो दहका बारेमा भन्नुहुन्छ,  “यो कुपिण्डे ताललाई कर्णाली प्रदेशको मिनी रारा ताल भनेर पनि चिनिन्छ। वरपर यति धेरै रूखविरुवा छ तिनको पात दहमा खस्यो भने पनि चराचुरुङ्गीले टिपेर लान्छन्। त्यही भएर यति सफा छ।” सरिताका अनुसार, कुपिण्डे दहले वर्षमा तीनवटा रङ्ग बदल्ने गर्छ। वर्षा, हिउँद र गर्मी याममा दहको रङ्ग फरक फरक हुन्छ। सरिता कुपिण्डे दह उत्पत्तिको कथा यसरी भन्नुहुन्छ, “दह बन्नुअघि यो ठाउँमा बस्ती थियो। बस्तीमा एक दिन साधु बास माग्न पुगेछन् तर कसैले बास दिएनछन् । अन्त्यमा एक वृद्धाले बास त दिइन् तर उनीसँग साधुलाई दिने खानेकुरा भने केही रहेनछ।”

कथा अनुसार, भोलिपल्ट बिहानै ती साधुले वृद्धालाई भनेछन्, “म साधुको भेषमा आएको कैलुबराह हुँ। अरुलाई बास नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छ ।” अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै साधुले भनेछन्, “त्यो पहाडमा जाऊ, हिँड्दा बीचमा पछाडि फर्किएर नहेर्नू ।” साधुको भनेझैँ वृद्धा पहाडको टुप्पोमा पुगेर फर्केर हेर्दा गाउँ त दह बनिसकेछ ।

अहिले देशमा भएका परिवर्तन, नेताहरू प्रतिको अविश्वास, विकास प्रतिको दृष्टिकोण सबै नै नकारात्मक वा केही भएको छैन के भएको छ र ? भन्ने खालको छ। मैले यहाँ घुम्दाचाहिँ ठिक त्यसको विपरित पाएँ। काठमाडौँ वा सहरमा बसेर देश वा जनतालाई एउटा सिमित घेराबाट हेरेको भन्दा ठ्याक्कै पृथक पाएँ मैले। हाम्रो समाज त पूरै जोशिलो भइसकेको छ। समाज फेर्नुपर्छ र फेरिनुपर्छ भनेर मानिसहरू काम गरिरहेका छन्। तर काठमाडौँको एउटा फोकोभीत्र खुम्चिएर त्यो जोशलाई बुझ्न सकिन्न। फोको फुटाउनुस्, बाहिर निक्लिनुहोस् र गाउँ जानुहोस् अनि बुझिन्छ समाज।          

कृष्णमुरारी भण्डारी, वरिष्ठ पत्रकार

यी त भए घुम्ने घुमाउने कुरा। विगतका केन्द्रिय सरकारहरूले अनि अहिले आएर तीन तहका सरकारहरूले कर्णाली र सुदूर पश्चिमको विकासको नारा चर्कै रुपमा लगाउँदै आएका छन्। त्यसले आम मानिसको जीवनमा तात्त्विक फरक परेको छ त?

पत्रकार तथा मानवशास्त्री श्रीराम सुवेदी भन्नुहुन्छ,  “त्यसो त कर्णाली र केही मधेशका जिल्ला बाहेक सुदूरपश्चिम साह्रै गरिबी भएको जिल्ला हो। अहिले यी दुबै क्षेत्र घुम्दा चेतनाको स्तरमा व्यापक सुधार आएको देखिएको छ। समग्रमा  गरिबी घटेको पनि देखिएको छ। तर विकासका कुरामा जुन फड्को मार्नु पर्ने हो त्यो देखिएन र त्यसका लागि अझै धेरै प्रयास गरिनु पर्छ।”

देशमा संघिय व्यवस्था छ। प्रदेश सरकार सक्षम छन्। अझ गाउँका वा सहरका सरकारहरू बढी सक्षम छन्। तर पनि गाउँ र सहरलाई हेर्ने केन्द्रकृत मानसिकता फेरिएको छैन। त्यो फेरिनु पर्छ।

वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीचाहिँ अलिक फरक दृष्टिकोण राख्नुहुन्छ। उहाँको भनाईमा,  अहिले देशमा भएका परिवर्तन, नेताहरू प्रतिको अविश्वास, विकास प्रतिको दृष्टिकोण सबै नै नकारात्मक वा केही भएको छैन के भएको छ र ? भन्ने खालको छ। मैले यहाँ घुम्दाचाहिँ ठिक त्यसको विपरित पाएँ। काठमाडौँ वा सहरमा बसेर देश वा जनतालाई एउटा सिमित घेराबाट हेरेको भन्दा ठ्याक्कै पृथक पाएँ मैले। हाम्रो समाज त पूरै जोशिलो भइसकेको छ। समाज फेर्नुपर्छ र फेरिनुपर्छ भनेर मानिसहरू काम गरिरहेका छन्। तर काठमाडौँको एउटा पोकोभीत्र खुम्चिएर त्यो जोशलाई बुझ्न सकिन्न। पोको फुटाउनुस्, बाहिर निक्लिनुहोस् र गाउँ जानुहोस् अनि बुझिन्छ समाज।

साच्चै भन्ने हो भने कृष्णमुरारी भण्डारीको हरेक शब्दमा सत्यता छ।  देशमा केही भएको छैन। गाउँमा केही छैन- भनेर जुन नकारात्मक सन्देश दिइरहेको छ त्यसले आम युवालाई गाउँबाट सहरबाट र अन्त्यत देशबाट पलायन गराउँदै छ। गाउँ गाउँमा धेरै कुरा भएका छन् र हामी परिवर्तन गरिरहेका छौ। त्यो परिवर्तन तपाईँले विदेशी चस्मा वा काठमाडौँ चस्मा लगाएर हेर्न सक्नुहुन्न। आउनुहोस् गाउँ जाऔ र परिवर्तनको साक्षी बनौ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार