२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि सुरु हुँदै ‘मिनि विश्वकप’ मानिने युरोकप



अ+ अ-

एजेन्सी । मिनि विश्वकपका रुपमा परिचित युरोपियन च्याम्पियनशिप अर्थात् युरोकप आजबाट सुरु हुँदैछ । 

कोरोना महामारीका कारण एक वर्षपछि युरोकप आयोजना भएको हो ।

 १६औं संस्करण यस प्रतियोगितामा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेलमा आज राति १२ः४५ बजे इटली र टर्की रोममा भिड्दैछन्  ।

सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । 

साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई प्रमुख दाबेदार हुन् ।