२२ असार २०८३, सोमबार
,
Latest
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले उच्च शिक्षा पूर्ण रुपमा नि:शुल्क उपलब्ध गराउन सक्नुपर्छ: वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रुपमा नि:शुल्क गराउन सक्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो आवश्यक्ता बमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले देशको लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने बताउनु भयो । उहाँले सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरुलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताउनु भयो । उहाँले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उच्च शिक्षामा नेपालको सरकारले पूर्ण रुपमा नि:शुल्क गराउन सक्नुपर्छ । आफ्नो आवश्यक्ता बमोजिम प्राविधिक र गैरप्राविधिक क्षेत्रमा अघि बढाउनुपर्छ । हाम्रो आवश्यक्ता हो । हामीले त्यो आवश्यक्ताका निम्ति त्यस्ता विज्ञ व्यक्ति तयार गर्नसक्छौँ र बाहिर हामीले पठाएर वैदेशिक मुद्रा आर्जन गर्नसक्ने गरी हामी जानुपर्छ । नपढेका, नजानेका अस्ताक्षर गर्न नसक्ने व्यक्ति जानु भन्दा त यस्ता मानिस जानु हाम्रो निम्ति गौरवको विषय हुन्छ ।

त्यस्तो शैक्षिक शक्ति कति उत्पादन गर्ने ? कति हाम्रो देशको निम्ति आवश्यक्ता छ ? यो दिशामा नगइकन शिक्षामा विकास हुन सक्दैन । सरकारले ख्याल गर्नुपर्छ की किन विदेश जाने पढ्नको लागि बन्द गर्न सकिँदैन ? र विश्वविद्यालयले भन्न सक्नुपर्छ, हामी उच्च शिक्षाको निम्ति संसारको कुनैपनि ठाउँमा प्रतिष्पर्धा गर्नसक्ने शिक्षा हामी प्रदान गर्नसक्छौँ, हामी तयारी गर्छौं । त्यसको निम्ति कस्तो नीति चाहियो, कस्तो आर्थिक सहायता चाहियो ? यो विषय आउनुपर्छ र सुन्नेले सुन्नुपर्छ ।’

सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्ने बारेमा राज्य संवेदनशील हुनुपर्ने बताउनु भयो ।