३१ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु दर उच्च हुदै



अ+ अ-

काठमाडौं । श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ ।गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको कूल संख्या २ हजार ११ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । 

यसै अवधीमा यहाँ २६ सय भन्दा बढी थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । श्रीलङ्कामा कोरोना शुरु भएदेखि हालसम्म  २ लाख १६ हजार १३४ जना व्यक्ति सङ्क्रमति भइसकेका छन् । श्रीलङ्कामा ३१ हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ । 
 
श्रीलङ्कामा पनि कोभिड–१९ को तेस्रो भेरिएन्ट शुरु भएको बताइएको छ । हाल यहाँ राष्ट्रव्यापी  रुपमा यात्रा प्रतिबन्ध गरिएको छ  । यो प्रतिबन्ध आगामी जुन १४ बाट खुल्ला गरिने अनुमान गरिएको छ । यहाँ गत दुई महिनायता १ लाख भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका  पनि सरकारी स्रोतले जानकारी दिएको छ ।