१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगः रोमाले लेभरकुसेनलाई हरायो, युभेन्ट्स र सेभियाको बराबरी



अ+ अ-

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब एएस रोमाले जित निकालेको छ । गएराति भएको खेलमा रोमाले जर्मन क्लब लेभरकुसेनलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा रोमालाई जित दिलाउन खेलको ६२ औं मिनेटमा एडोर्डो वोभेले गोल गरे । योसँगै रोमाले लेभरकुसेनविरुद्ध १–० को अग्रता बनाएको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब सेभियाले १–१ गोलको बराबरी खेलेका छन् । सेमिफाइनलकै पहिलो लेग अन्तर्गत युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा २६ औं मिनेटमा पाहुना टोली सेभियाका युसेफ एन नेसीरीले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । तर, अन्तिम समयमा अर्थात् ९०+७ मिनेटमा फेडेरिको गाट्टीले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

अब यी टिमहरुले दोस्रो लेगका लागि मे १९ मा प्रतिस्पर्धा गर्नेछन् ।