२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यशस्वी र सामसनले १३ ओभरमै सकाइदिए खेल, कोलकाता ९ विकेटले पराजित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ औँ खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको विस्फोटक इनिङ्सको मद्दतमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

बिहीबार इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

जवाफमा जैसवालले ४७ बलमा ९८ रनको नटआउट इनिङ खेल्दै आरआरलाई १३.१ ओभरमै (४१ बल बाँकी छँदै) जित दिलाए ।

सञ्जु सामसन २९ बलमा ४८ रन बनाएर नटआउट रहे । सामसन र जैसवालले १२१ रनको अविजित साझेदारी गर्दै १३.१ ओभरमा टिमलाई जित दिलाए । यो जितसँगै राजस्थान रोयल्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता, कोलकाताको भने प्लेअफमा पुग्न कठिनाइ बढेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको सुरुवात खराब रह्यो । उसलाई ट्रेन्ट बोल्टले शुरुवाती ओभरमा २ झट्का दिए र दुबै ओपनरका विकेट लिए । टोलीले पहिलो ६ ओभरमा ३७ रन मात्र जोड्न सक्यो । मध्य ओभरमा राजस्थानका युजभेन्द्र चहलले केकेआरका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । उनले ४ विकेट लिए भने कोलकाताले २० ओभरमा १४९ रन मात्र जोड्न सकेको थियो ।

कोलकाताका लागि वेंकटेश अय्यरले ५७ रन बनाए । उनी बाहेक अरु कुनै ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । टिमका तर्फबाट जेसन रोयले १०, रहमानउल्लाह गुरबाजले १८, नितिश राणाले २२, आन्द्रे रसेलले १०, रिंकु सिंहले १६, शार्दुल ठाकुरले १ र सुनिल नारायणले ६ रन बनाए । अनुकुल रोय ६ रनमा नटआउट रहे । राजस्थानका युजभेन्द्र चहलले ४ विकेट लिए । उनीबाहेक ट्रेन्ट बोल्टले २ तथा सन्दीप शर्मा र केएम आसिफले १–१ विकेट लिए ।

कोलकाताविरुद्ध ४ विकेट लिएर युजभेन्द्र चहल आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले १४३ खेलमा १८७ विकेट लिएका छन् । चहलपछि वेस्ट इन्डिजका ड्वेन ब्राभो १८३ विकेट लिएर दोस्रो स्थानमा छन् । चहल यो सिजनको सर्वाधिक विकेट लिने खेलाडीको अग्रपंक्तिमा छन् । उनले १२ खेलमा २१ विकेट लिइसकेका छन् ।

१५० रनको लक्ष्य पछ्याएको राजस्थानले यशस्वी जैसवालले धमाकेदार सुरुवात गरेको थियो । इनिङ्सको पहिलो २ बलमा २ छक्का प्रहार गरेपछि उनले पहिलो ओभरमा २६ रन बनाए । उनले दोस्रो र तेस्रो ओभरमा पनि ठूला प्रहार गरे र १३ बलमा आफ्नो अर्धशतक पूरा गरे । यशस्वी ४७ बलमा ९८ रन बनाएर नटआउट रहे ।

यो आईपीएल इतिहासमा सबैभन्दा छिटो अर्धशतक हो । यसअघि यो कीर्तिमान केएल राहुल र प्याट कमिन्सको नाममा थियो । राहुलले २०१८ मा अर्धशतक र २०२२ मा कमिन्सले १४ बलमा अर्धशतक पूरा गरेका थिए ।