१ आश्विन २०८३, बिहीबार
,
Latest
एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् पुनः विस्तार कामचलाउ सरकारको सत्तालिप्साको चरम बेथिति : भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तार विरुद्धकै मुद्दा विचाराधीन रहेको बेला कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनः विस्तार गर्नु सत्तालिप्साको चरम बेथिति भएको बताएका छन् ।

नेता रावलले  ट्विट गर्दै काम चलाउ सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरिनु संविधानको मर्ममाथि घात भएको बताए ।
 
‘कामचलाउ प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् विस्तार गरिएको विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै स्थितिमा मन्त्रिपरिषद्को पुनः विस्तार जसरी गरियो, त्यसले संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि घात गरेको छ । यो सत्तालिप्साको चरम बेथिति र मन्त्रिपरिषद्को गम्भीर अवमूल्यन हो, ’ उनले भने ।