२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् पुनः विस्तार कामचलाउ सरकारको सत्तालिप्साको चरम बेथिति : भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तार विरुद्धकै मुद्दा विचाराधीन रहेको बेला कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनः विस्तार गर्नु सत्तालिप्साको चरम बेथिति भएको बताएका छन् ।

नेता रावलले  ट्विट गर्दै काम चलाउ सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरिनु संविधानको मर्ममाथि घात भएको बताए ।
 
‘कामचलाउ प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् विस्तार गरिएको विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै स्थितिमा मन्त्रिपरिषद्को पुनः विस्तार जसरी गरियो, त्यसले संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि घात गरेको छ । यो सत्तालिप्साको चरम बेथिति र मन्त्रिपरिषद्को गम्भीर अवमूल्यन हो, ’ उनले भने ।