३१ भाद्र २०८३, बुधबार
,
Latest
खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाको लागि अर्जेन्टिनाको टिम घोषणा, मेसी र अग्वेरो अग्रपंक्तिमा



अ+ अ-

एजेन्सी । आउँदो जुन १३ देखि ब्राजिलमा हुन गइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ ।

टिमका मुख्य प्रशिक्षक लिओनल स्कोलानीले बिहीबार २८ सदस्यीय टोली घोषणा गरेका हुन्  ।

दक्षिण अमेरिकी महादेशको ठूलो प्रतियोगिता कोपामा यस पटक १० टिम सहभागी हुँदैछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

अर्जेन्टिना रहेको समूह बीमा चिली, उरुग्वे, पाराग्वे र बोलिभिया छन् ।

अर्जेन्टिनाले पहिलो खेल जुन १४ मा चिलीसँग खेल्नेछ।

गोलकिपरः फ्रान्को अर्मानी, एमिलियानो मार्टिनेज, अगस्टिन मार्चेसन, जुवान मुस्सो

डिफेण्डरः गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लुकास मार्टिनेस क्वार्टा, जर्मन पेजेल्ला, लिसान्ड्रो मार्टिनेज, निकोलस ट्याग्लिफिको, मार्कोस अकुना

मिडफिल्डरः रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, जिओभानी लो सेल्सो, एजेक्वेल पालासिओस, गुइडो रोड्रिगेज, निकोलस डोमिन्गुएज, अलेजान्द्रो गोमेज, निकोलस गोन्जालेज, एन्जल डि मारिया

फरवार्ड : लिओनल मेस्सी, सर्जियो अग्वेरो, एन्जल कोरेअ, जाक्विन कोरेअ, लुकास अलारियो, लाउटारो मार्टिनेज