३१ भाद्र २०८३, बुधबार
,
Latest
खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : इटालीको विजयी शुरुवात, उदघाटन खेलमा टर्की पराजित



अ+ अ-

रोमः शुक्रबारदेखि प्रारम्भ भएको सन् २०२० को युरो फुटबल प्रतियोगितामा इटालीले उदघाटन खेलमा टर्कीलाई पराजित गरेको छ । आफ्नै गृह मैदानमा भएको खेलमा इटालीले टर्कीलाई ३–० गोलले स्तब्ध बनाएको हो ।

इटालीका लागि सिरो इम्मोबाइलले ६६औं तथा लोरेन्जो इन्सिग्नेले ७९औं मिनेटमा गोल गरेका थिए । तर पहिलो गोल भने टर्कीका खेलाडीले गरेको आत्मघाती गोलबाट प्राप्त भएको थियो । दोस्रो हाफको ५३औं मिनेटमा टर्कीका डिफेन्डर मरिह डेमिरालले आत्मघाती गोल गरेका थिए ।

डिफेन्स निकै सुदृढ रहेको इटालीले समग्र खेलमा बललाई ६४ प्रतिशत आफ्नो नियन्त्रणमा राखेको थियो ।

यो जितसँगै इटालीले समूह क मा एक खेलबाट तीन अंक बटुलेको छ । यस समूहमा इटाली, स्वीट्जरल्यान्ड, वेल्स र टर्की रहेका छन् ।

आज शनिबारका खेल

१. वेल्स र स्वीट्जरल्यान्ड

२. डेनमार्क र फिनल्यान्ड

३. बेल्जियम र रसिया
––