२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन



अ+ अ-

काठमाडौं ।सत्तारुढ विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदशर्न गरेका छन् ।

सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले रत्नराज्य क्याम्पसमा प्रदर्शन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् । विद्यार्थीहरूले नक्कली शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न समेत माग गरेका थिए ।