२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः राजस्थान र कोलकाता भिड्दै, प्लेअफ होडका लागि दुबैलाई जित आवश्यक



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बिहीबार लिग चरणको ५६ औँ खेल कोलकाता नाइट राइडर्स (केकेआर) र राजस्थान रोयल्स (आरआर)बीच हुँदैछ ।

खेल बेलुका ७ः४५ बजेदेखि कोलकाताको इडेन गार्डेन स्टेडियममा सुरु हुनेछ । यस मैदानमा राजस्थानको टोलीले कोलकातासँग ९ खेल खेलेको छ । जसमध्ये कोलकाताले ६ जित हात पारेको छ । राजस्थानले दुई खेल मात्र जितेको छ । यस्तै एउटा खेल भने रद्द भएको थियो ।

कोलकाताले यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ५ मा जित र ६ मा हार बेहोको छ । कोलकाता १० अंकसहित तालिकाको छैटौं स्थानमा छ ।

राजस्थानले पनि यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ५ जित र ६ हारेको छ । समान १० अंक रहेको राजस्थान रनरेटका आधारमा कोलकाता भन्दा एक स्थान माथि अर्थात् पाँचौं स्थानमा छ । राजस्थानले पछिल्ला तीन खेलमा हार बेहोरेको थियो ।

कोलकाता र राजस्थानबीचको समग्र हेड टु हेडको कुरा गर्दा यी दुई टोली २७ पटक भिडेका छन् । जसमा कोलकाताले १४ पटक र राजस्थानले १२ पटक खेल जितेको छ । एक खेल भने रद्द भएको थियो ।

कोलकाताको इडेन गार्डेनको पिच ब्याटिङका ​​लागि चर्चित छ । यहाँ उच्च स्कोरिङ टी–२० खेलहरू भएका छन् । तर खेल अघि बढ्दै जाँदा, यसले बलरहरूलाई पनि मद्दत गर्न थाल्छ, विशेष गरी स्पिनरहरूलाई । आजको दिन कोलकाताको मौसम निकै तातो हुने भएको छ । कोलकातामा बिहीबारको तापक्रम २७ देखि ३८ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
कोलकाता नाइट राइडर्सः नितिश राणा (कप्तान), भेंकटेश अय्यर, रहमानुल्लाह गुरबाज, आन्द्रे रसेल, सुनील नारायण, रिंकु सिंह, वैभव अरोरा, शार्दुल ठाकुर, हर्षित राणा, सुयश शर्मा र वरुण चक्रवर्ती ।

राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान), यशस्वी जैसवाल, जोस बटलर, जो रुट, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन आश्विन, मुरुगन अश्विन, सन्दीप शर्मा, कुलदीप यादव र युजवेन्द्र चहल ।