२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने बिषय भ्रामकः पुटिन

रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने बिषय भ्रामकः पुटिन
अ अ+ अ-

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलेरूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिङ्टन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गर्नुभएको छ ।

उहाँले वाशिङ्टन पोष्टमा आएको समाचारलाई इन्कार गर्दै भन्नुभयो, “यो केवल भ्रामक सूचना हो । मलाई यो कुरा जानकारी छैन । यसबारे जसले कुरा गर्दैछन्, उनीहरूलाई शायद यसबारे बढी थाहा होला । यो अर्थहीन प्रचार मात्र हो ।” 

वाशिङ्टन पोष्टमा तेहरानले यस क्षेत्रमा सैनिक लक्ष्यहरू ट्र्याक गर्न सक्ने ‘सेटलाइट’ दिने तयारी रहेको भनी शुक्रबार प्रकाशित समाचारलाई इन्कार गर्दै भन्नुभयो, “हाम्रो द्विपक्षीय सम्बन्ध छ जुन पछिल्लो वर्षमा सबैभन्दा निम्न अवस्थामा पुगेको छ ।” 

रूसी राष्ट्रपति पुटिनले एनबीसी न्यूजलाई शुक्रबार दिएको अन्तरवार्तामा    पुटिनले आफु अमेरिकी समकक्षी जो बाइडेनसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । 

रूसी राष्ट्रपतिले रूस र अमेरिकाबीचको सम्बन्धहरू पछिल्ला बर्षमा कमजोर विन्दुमा पुगेको बताइरहेका समय यही जुन १६ गते दुई नेताबीच स्वीट्जरल्याण्डको जेनेभामा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा युरोप पुग्नुभएको छ ।   पछिल्ला वर्षहरुमा वाशिङ्गटन र मस्कोबीचको सम्बन्ध तनाबपूर्ण रहेको छ । युक्रेन, साइबर सुरक्षा, मानव अधिकार र संयुक्त राज्य अमेरिकाको चुनावमा भएको भनिएको हस्तक्षेपसँग सम्बन्धित मुद्दाहरूमा दुबै पक्षबीच परस्पर भिन्न मत रहेका छन् ।

बेलायतको शाही वायुसेना मिल्डेनहल बेसमा अमेरिकी सेना र तिनका परिवारलाई बुधवार बाइडेनले भन्नुभयो, “म स्पष्ट छु । रूसी सरकारले हानिकारक गतिविधिमा संलग्न भएमा संयुक्त राज्यले कडा र अर्थपूर्ण व्यवहार गर्नेछ । तर संयुक्त राज्य अमेरिका रूससँग स्थिर र अनुमानित सम्बन्ध चाहन्छ ।” यसले उहाँले रूससँगको समस्या तथा सम्बन्धलाई कुटनीतिक रूपमा सम्बोधन गर्दै अघि बढ्ने वाइडेनको सोचलाई झल्काउँछ ।