२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

मुख्यमन्त्री नेपालीको राजनीतिक यात्राः कारागार, अध्ययनशीलता र निरन्तरता

मुख्यमन्त्री नेपालीको राजनीतिक यात्राः कारागार, अध्ययनशीलता र निरन्तरता
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली राजनीतिमा अत्यन्तै क्रियाशील छन् । सङ्घीयता आएपछि मुलुकमा पहिलो पटक सम्पन्न प्रदेशसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ (क)बाट नेपाली विजयी भएर गण्डकी प्रदेशसभा सदस्य भए । 

उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गर्दै प्रदेशसभामा आफ्नो स्थान सुरक्षित गराएका थिए । विसं २०७४ मा भएको निर्वाचनमा  कांग्रेसका नेपालीले १७ हजार ६८३ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार न्यौपानेलाई ३८२ मतान्तरले पराजित गरेका थिए । 

उनका बुवा गोवद्र्धन शर्मा पोखरेल राणाशासनका विरोधमा सधैँ क्रियाशील थिए ।  कांग्रेसमा लागेर शर्मा तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत भएका थिए । 

एकहत्तर वर्षीय नेपालीको जन्म तनहुँमा भए पनि राजनीतिक थलो भने नवलपरासी भयो । विसं २०० मङ्सिर १३ गते तनहुँमा द्रौपदा शर्माका कोखबाट जन्मिएका नेपालीका चार दाजुभाइमध्ये जेठा दाजु रामचन्द्र पोखरेल पूर्वसांसद र  साहिँला भाइ डा जगदीशचन्द्र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष थिए भने कान्छा भाइ अमेरिकामा बस्दै आएका थिए । 

नेपालीको राजनीतिक थलो नवलपरासी भए पनि विद्यार्थी राजनीति भने तनहुँबाटै शुरु भएको थियो । प्रजातान्त्रिक समाजवादक हिमायती नेपालीलाई निष्ठा र त्यागको पर्यायका रुपमा लिने गरिएको छ ।  विद्यार्थीकालदेखि नै उनमा राजनीतिक चेत थियो । उनी विसं २०२८ मा कांग्रेस तनहुँको जिल्ला सदस्यसमेत बने । 

प्रजातान्त्रिक आन्दोलनकै क्रममा विभिन्न समयमा गरी उनी ६ पटक कारागार परेका छन् । विसं २०३५ को विद्यार्थी आन्दोलनमा उनले कास्की कारागारमा दुई पटक गरेर पाँच महिना बिताएका छन् । 

विसं २०३७ को जनमतसङ्ग्रहका क्रममा फेरि आठ महिना कास्की कारागारमै बस्न बाध्य भए । विसं २०३८ मा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका उनले अर्को दुई महिना कारागारमा बिताए । 

देशमा बहुदलीय व्यवस्था माग्दै विसं २०४२ मा कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । तत्कालीन नवलपरासीबाट सत्याग्रहमा सक्रिय नेपालीले परासी–कपिलवस्तु कारागारमा गरेर एक वर्ष कारागार जीवन बिताए । विसं २०४६ को जनआन्दोलनमा परासी कमाण्डर नेपाली नजरबन्दमा पनि परे । नजरबन्दपछि नेपालीलाई पाल्पाको कारागारमा नौ महिना राखियो । 

भारतको दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक उनले पछि नेपालकै  त्रिभुवन विश्वविद्यालयबाट कानूनमा पनि स्नातक उत्तीर्ण उनले प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिएका थिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका थिए । माध्यमिक शिक्षा विहारको नरकटियागञ्जबाट पूरा गरेका नेपाली दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक गरेपछि नेपाल फर्किएका थिए ।  

विसं २०४८ को कांग्रेस अधिवेशनपछि उनी निरन्तर चार कार्यकाल  कांग्रेस नवलपरासीको सभापति भए । विसं २०४८ को आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । विसं २०६२/६३ को जनआन्दोलनमा उनले नवलपरासीको नेतृत्व सम्हालेका थिए । त्यस बेला पनि उनी कारागारमा बसे ।  कांग्रेसको १२औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । विसं २०७० को संविधानसभा निर्वाचनमा उहाँ ३२५ मतले पराजित भएका थिए । उनी त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा होमिएका थिए। 

मुलुक सङ्घीयतामा गएपछि साविकको नवलपरासी विभाजन भएर दुई जिल्लामा परिणत भयो । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा रह्यो भने पूर्व नवलपरासी गण्डकी प्रदेशमा रहन पुग्यो । मुलुकको कान्छो जिल्लाको पहिचान बनाएको नवलपुरबाट प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशसभामा पुगेपछि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति भए । 

साठी सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सदस्य छन् । एमाले माओवादी गठबन्धनको बहुमत आएसँगै कांग्रेस सङ्ख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । मुख्यमन्त्री नेपाली यसअघि गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी संसदीय दलको नेताका रुपमा चुनिनुभएको थियो । 

प्रदेशसभाका कामकारबाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उनी जहिल्यै क्रियाशील रहेका थिए । बजेट बाँडफाँटमा होस् वा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सदस्यलाई गरिएको विभेदका विषयमा होस्, उनले प्रदेशसभाम आवाज उठाउँदै सरकारलाई सही दिशामा हिँड्न बाध्य बनाएका थिए ।