१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेटः एकताका लागि छलफल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका स–साना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेकाले एकताका लागि प्रस्ताव गर्नुभएको थियो ।

सो अवसरमा नेता गौतमले एकताका लागि आफू सकारात्मक रहेकाले आफ्नो समूहबाट छलफल गरी छिट्टै निर्णय लिने जानकारी गराउनुभयो । पार्टीले सङ्गठन सुदृढीकरणका साथै वामपन्थी दलसँग एकताका लागि समान दृष्टिकोण तथा वैचारिकरूपमा नजिक रहेका दललाई एकताबद्ध गर्न उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा कार्यदलसमेत गठन गरेको थियो ।

उक्त कार्यदलले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग एकताका लागि विभिन्न चरणमा वार्ता गरेको जनाइएको छ । रासस