१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने

अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरु समेत अलपत्र परेका भन्दै सरकारले उनीहरुको उद्धारका लागि काम गरिरहेको बताउनु भयो ।

उहाँले विपी राजमार्ग दशैँ अगाडी खुलाउन नसकिने निस्कर्ष सरकारको रहेको स्पष्ट पार्नुभयो । उहाँले देशभरको विपद्मा परेका नागरिकहरुको उद्धारमा सरकार लागिरहेको बताउनु भयो । सडक विभागले नेपाली सेनाको तरिकामा काम गरिरहेको भन्दै उहाँले विदाको बेलामा पनि विभागका कर्मचारीहरु विभिन्न उपकरणहरु लिएर काम गरिरहेका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विपी राजमार्गको कुराको सन्दर्भमा कुनै उपाय गरेर गर्नुपर्छ भनेर जोड दिनुभएको छ । हामी त्यसमा लागिराखेका छौँ । खोला बाटै डाइभर्सन खोल्ने हो । १२ किलोमिटर त नामो निसानै छैन बाटो नै बगाएको छ । भित्तो खनेर बाटो निकाल्दा पनि बगिहाल्ने रहेछ । दुई उपाय छन्, १२ किमी नै पुल बनाउने । बाटो बनायो लगिहाल्छ । तर त्यो भन्दा कम खर्चमा के गर्ने त भन्दा खोला तलबाट वाल उठाएर ल्याउनुपर्ने हुन्छ बाटो खन्नका लागि । त्यसको लागि त समय लाग्छ । त्यसअघि खोलामै पानीको बहाव कम भइसकेपछि पहिलो नम्बरमा ति गाडीहरुलाई उद्धार गर्ने ।

त्यसपछाडी क्रमश: गाडी सञ्चालन गर्नका लागि कोशिस गर्नुपर्छ भन्ने लागेको छ । हाम्रो निष्कर्ष के हो भने दशैँ अगाडी हामी त्यो सुचारु गर्न सक्दैनौँ । गाडीहरु उद्धार गर्न चाहीँ अनवरत जारी राख्छौँ काम । उद्धारको कुरामा सरकार शुन्य नम्बरमा गएको होइन । शुन्य नम्बर दिनु हुँदैन । यो सरकारलाई तपाईहरुले नम्बर दिनुपर्छ । किनभने धेरै कामहरु हामीले गरेका छौँ । नगरेको होइन । दोष मात्रै दिएर हुँदैन । हाम्रो सडक विभाग आर्मि स्टाइलको छ । अलर्ट भएर खट्छ । दसैको बेलामा पनि, बिदाका बेलामा पनि सडक विभागका कर्मचारीहरु डोजर लिएर, हेवी इक्युपमेन्ट लिएर खट्नुहुन्छ ।’

बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरु खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले अवरुद्ध रहेका पाँच राजमार्गहरुमध्ये अरनिको राजमार्ग अन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्ग अन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथ अन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्ग अन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकोले आईतवारसम्म पूर्णरुपमा खुल्ने बताउनु भयो ।

उहाँले पनि सरोकारवाला निकायका कर्मचारीहरु अहोरात्र खटिरहेका बताउनु भयो ।