२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी करिडोर चार दिनपछि पुनः सञ्चालन



अ+ अ-

पर्वत । पहिरोले अवरुद्ध बनेको उत्तर–दक्षिण जोड्ने  सबैभन्दा छोटो कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ । पर्वतको बिहादी गाउँपालिका–२, खबराको भीरमा पहिरो खस्दा गत चार दिनदेखि अवरुद्ध सडक आजदेखि पूर्णरुपमा सुचारु भएको हो । 

भीरमाथीबाट ढुंगामाटोसहितको ठुलो पहिरो आउँदा सडक अवरुद्ध भएको थियो । डोजर लगाएर शुक्रबार दिनभरीमा पहिरो पन्छाएपछि अवरुद्ध सडक नियमित बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो । पहिरो झर्ने क्रम भने नरोकिएकाले जोखिम कायमै रहेको भुसालले बताउनुभयो ।