काठमाडौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीलाई प्रदेश प्रमुखको कार्यलयमा पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मुख्यमन्त्री नेपाली सहित ५ मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ ।
शपथ लिने मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहनु भएको छ । चार जनालाई बिनाबिभागिय मन्त्रीका रुपमा सपथ गराईएको छ । गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।