३१ भाद्र २०८३, बुधबार
,
Latest
शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने बाढीपहिरोको उद्धार र पुनर्निर्माण अनुगमन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने विपद्का विषयमा प्रधानमन्त्रीले दल र विज्ञसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्छ : माधव नेपाल विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छः अध्यक्ष राउत स्वास्थ्य बीमा प्रभावकारी नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको सांसद शर्माको आरोप ईभी दुर्घटना बढेको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर होस्ः सांसद केसी बागलुङको अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा मुख्यमन्त्री नेपालीबाट सपथ,राजीब गुरुङ्ग सहित चारमन्त्री विना विभागीय मन्त्री रुपमा नियुक्त



अ+ अ-

काठमाडौ  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीलाई प्रदेश प्रमुखको कार्यलयमा   पद तथा गोपनियताको सपथ  गराउनुभएको  छ । मुख्यमन्त्री नेपाली सहित  ५ मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ  ।

शपथ लिने मन्त्रीहरुमा  कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहनु भएको छ । चार जनालाई बिनाबिभागिय मन्त्रीका रुपमा सपथ गराईएको छ ।  गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 




भर्खरै