• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार



एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

बीबीसीका अनुसार खानलाई इस्लामाबादस्थित अदालत बाहिरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका हुन् । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए ।

इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले इमरानलाई कुटपिट भएको आरोप लगाएको छ । पार्टीले इमरानका वकिल रगतले लतपतिएको भिडियो पनि पोस्ट गरेको छ । एक प्रत्यक्षदर्शीले पाकिस्तानको अखबार ‘द डन’लाई बताए कि इमरान खान उच्च अदालतमा प्रवेश गर्ने बित्तिकै अर्धसैनिक बल र सशस्त्र टोली पनि उच्च अदालतमा प्रवेश गरे । गेटमा बख्तरबन्द गाडीहरू राखिएको थियो र लगत्तै इमरानलाई पक्रेर बाहिर ल्याइयो ।

आईजी अकबर खानले कादिर ट्रस्ट मामिलामा इमरानलाई पक्राउ गरिएको बताए । पीटीआईको विरोधको आशंकालाई ध्यानमा राख्दै अकबर खानले भने, ‘हामीले धारा १४४ लागू गरेका छौं र यसको उल्लंघन गर्नेलाई कारबाही गरिने छ ।’

हालै इमरानले शीर्ष गुप्तचर अधिकारीहरूलाई वजिराबादमा उनको हत्या गर्ने षड्यन्त्र रचिएको आरोप लगाएका थिए । पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको छ । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका छन् । करिब ४ घण्टापछि उनलाई अदालतबाट पक्राउ गरिएको हो ।

आफूमाथि लगाइएका आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।