• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा



फाईल फोटो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि बहस हुन सकेन । उच्च अदालतमा समय अभावका कारण न्यायाधीशले मुद्दालाई नभ्याइनेमा राखेका हुन् ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो ।

अदालतमा सुनवाइ धकेलिँदा सन्दीपले टि–२० विश्वकप खेल्ने सम्भावना सकिँदै गएको छ । नेपालले खेल्ने टी–२० विश्वकप जून २ बाट सुरु हुँदैछ । आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको छनोट गरेर आइसीसीलाई पठाइसक्नुपर्ने छ ।

उच्च अदालतले सुनवाइमा सफाइ पाएको खण्डमा सन्दीप क्रिकेटमा फर्किन सक्नेछन् । तर, आज पनि सुनवाइ हुन नसकेपछि सन्दीप विश्वकप खेल्न अमेरिका जाने सम्भावना लगभग सकिएको छ ।