१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई उसकै घरेलु मैदानमा ३–२ गोलले पराजित गर्यो ।

‘नर्थ लण्डन डर्बी’मा खेलको १५ औं मिनेटमा टोटेनहमका पिएरे एमिले होएवर्गले आत्मघाती गोल गरेपछि खेलमा आर्सनलले अग्रता बनाएको थियो । २७ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

यस्तै, ३८ औं मिनेटमा काई हाभेर्ट्जले गोल गरेपछि पहिलो हाफमै आर्सनलले ३–० को अग्रता बनाएको थियो । खेलको दोस्रो हाफमा टोटेनहमले २ गोल फर्कायो । ६४ औं मिनेटमा क्रिस्टियन रोमेरोले र ८७ औं मिनेटमा सन हेउंग मिनले पेनाल्टीमा गोल गरेपछि टोटेनहम खेलमा फर्किएको थियो ।

अन्तिम समयतिर पनि खेलमा दबदबा राखेपनि टोटेनहमले गोल गर्न सकेन र आर्सनल विजयी बन्यो ।

जितसँगै शीर्षस्थानको आर्सनलको ३५ खेलबाट ८० अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ३३ खेलबाट ७६ अंक छ । पराजित टोटेनहा ६० अंकसहित पाँचौं स्थानमा छ ।