१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर)



अ+ अ-

ललितपुर, १६ बैशाख । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्ष जयकृष्ण बोगटी आफैं गत शुक्रबार सो वडाको लामाटारका ९४ जना ज्येष्ठ नागरिकहरूलाई लिएर प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराह क्षेत्रसहितका धार्मिक स्थलको तिर्थाटनमा पुगेर शनिबार मध्यराती फर्केका छन् ।

६० देखि ७४ वर्ष उमेरका ती जेष्ठ नागरिकको नेतृत्व गर्दै वडाध्यक्ष बोगटीसहितका जनप्रतिनिधि, वडा सचिव र वडाका ६ जना स्वास्थ्य स्वयम्सेविका धार्मिक तीर्थाटनमा सहभागी थिए ।

यसैगरि ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुँदै ९ नं वडा कार्यालयले प्राथमिक उपचारका औषधिसहित ७ जना स्वास्थ्यकर्मीलाई पनि लिएर गएको थियो ।

स्थानीय निकायको निर्वाचन अघि आफ्नो घोषणापत्रमा उल्लेख गरेको कार्यक्रमलाई व्यवहारिक रुपमै पुरा गर्न चालु आर्थिक वर्ष २०८०/०८१ मा बजेट नै वीनियोजन गरि वडाका जेष्ठ नागरिकलाई धार्मिक तीर्थाटन गराएको वडाध्यक्ष जयकृष्ण बोगटीले प्रष्ट पारे ।

वडा कार्यालयले यसअघि सो वडाका ७५ वर्ष नाघेका २३० जना जेष्ठ नागरिक भव्य कार्यक्रमको आयोजवना गरि सम्मान गरिसकेको छ भने उनीहरुको स्वास्थ्य परीक्षणको लागि नियमित रुपमा वडाका स्वास्थयकर्मीसहितको समूहलाई सक्रियरुपमा परिचालन गरेको छ ।

धार्मिक तीर्थाटनमा सहभागी ज्येष्ठ नागरिकहरुले परिवारका सदस्यले गर्न नसकेको काम वडाका जनप्रतिनिधिले गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन सुझाव पनि दिए ।
तीर्थाटनका लागि वडाले जेष्ठ नागरिकलाई सिन्धुलीस्थित आदिलिङ्ग कुशेश्वर महादेव मदिीर, सिन्धुलीको कमलामाई मन्दीर, सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीको अवलोकनसहित सुनसरीको वराह क्षेत्रको तीर्थाटन गराएको हो ।

पूर्वी नेपालको सुनसरी जिल्लामा पर्नेवराह क्षेत्र नगरपालिका–१ चतराधाममा गएको चैत २७ गतेदेखि १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला लागेको छ ।

सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न दर्शनार्थी आउने गरेका छन् ।सो क्षेत्रमा हरेक १२ वर्षमा महाकुम्भ मेला तथा हरेक ६ वर्षमा अर्ध कुम्भ मेला लाग्ने गर्दछ । कुम्भ मेलामा सहभागी भएमा पुण्य प्राप्ति हुने जनविश्वास छ ।