• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा ★   नेपाललाई दोस्रो सफलता, सागर ढकालले लिए दुई विकेट ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता ★   इलाम–२ मा मतगणना सुरु ★   नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार



एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

बीबीसीका अनुसार खानलाई इस्लामाबादस्थित अदालत बाहिरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका हुन् । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए ।

इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले इमरानलाई कुटपिट भएको आरोप लगाएको छ । पार्टीले इमरानका वकिल रगतले लतपतिएको भिडियो पनि पोस्ट गरेको छ । एक प्रत्यक्षदर्शीले पाकिस्तानको अखबार ‘द डन’लाई बताए कि इमरान खान उच्च अदालतमा प्रवेश गर्ने बित्तिकै अर्धसैनिक बल र सशस्त्र टोली पनि उच्च अदालतमा प्रवेश गरे । गेटमा बख्तरबन्द गाडीहरू राखिएको थियो र लगत्तै इमरानलाई पक्रेर बाहिर ल्याइयो ।

आईजी अकबर खानले कादिर ट्रस्ट मामिलामा इमरानलाई पक्राउ गरिएको बताए । पीटीआईको विरोधको आशंकालाई ध्यानमा राख्दै अकबर खानले भने, ‘हामीले धारा १४४ लागू गरेका छौं र यसको उल्लंघन गर्नेलाई कारबाही गरिने छ ।’

हालै इमरानले शीर्ष गुप्तचर अधिकारीहरूलाई वजिराबादमा उनको हत्या गर्ने षड्यन्त्र रचिएको आरोप लगाएका थिए । पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको छ । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका छन् । करिब ४ घण्टापछि उनलाई अदालतबाट पक्राउ गरिएको हो ।

आफूमाथि लगाइएका आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।