• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत



काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा नि:शुल्क गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्स मार्फत आउँदो मे १ देखि नेपाली नागरिकलाई भिसा नि:शुल्क नलिने निर्णय गरेको जानकारी दिनुभयो ।

१ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।तर एक्सप्रेस शुल्क र सेवा शुल्क भने यथाबत रहेको दूताबासले जनाएको छ । एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिनुभएको छ ।