२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौँ । फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ९ वर्षअघि फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त समरबहादुर सार्कीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरिएको हो ।

अभियुक्तलाई काठमाडौंस्थित चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो । अभियुक्त सार्कीले मिति २०७१ साल असोज ३१ गते फुपुको छोरीको हत्या गरी फरार भएका थिए । फुपुको छोरी २३ वर्षीया सुनमाया किसान(सार्की)को हत्या गरी शौचालयमा फालिएको अवस्थामा कार्तिक १ गते शव फेला परेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार म्याग्दी जिल्ला तत्कालिन कुहु गा.वि.स. वडा नं. ५ स्थायी घर भएकी सुनमाया किसान काठमाडौं जिल्ला तत्कालित सेतीदेवी गा.वि.स. वडा नं. तौथलीमा आफ्नो मामा गंगाबहादुर सार्कीसँग कुष्ठरोग आरोग्य आश्रममा बस्ने गरेकी थिइन् ।

कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रुपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए । सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठूलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरक्षा केसीले जानकारी दिनुभयो ।

अभियुक्त हत्या गरेर भोलिपल्टै भारततर्फ प्रवेश गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।