२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले दिए राजीनामा



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।  

हाल नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि कृष्णचन्द्र नेपाली पोखरेल बनेका हुन् । 

मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।