• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर ★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो ★   टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै ★   राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ: सांसद पन्त ★   प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ: सांसद पौडेल ★   गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरे: काँग्रेस सांसद केसी

भ्रष्टाचारको विषयमा बोल्न नपाउँदा कपडा खोलेको हुँ– अमरेशकुमार सिंह



काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको सोमबारको बैठकमा भ्रष्टाचारको विषयमा बोल्न नपाउँदा कपडा खोलेर विरोध गरेको प्रष्टीकरण दिनुभएको छ ।

भ्रष्टाचारको विषयमा संसद्मा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएको उहाले बताउनुभयो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूले प्रचारबाजीका लागि मात्र प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको स्पष्ट गर्नुभयो ।

“सभामुखलाई आग्रह गरेँ । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु । दुई मिनेट पाउने हो त्यो समय पाउँ’ सांसद सिंहले पत्रकारहरुसित भन्नुभयो, “उहाँ (सभामुख) लाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।”

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय मागेका सांसद सिंहले समय नपाएपछि कपडा खोलेर विरोध जनाउनुभएको थियो ।

आफ्नो लागि सदन निवस्त्र भएको, जनताको लागि सदन निर्वस्त्र भएकाले आफूले त्यसको विरोधका लागि कपडा खोलेको उहाँले जवाफ दिनुभयो ।