४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक: अमरेशकुमारको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै मैनालीले अमरेशले अभद्र गतिविधि देखाएकोले उनको स्वास्थ्य जाँचको माग गरेका हुन् ।

उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’ आकस्मिक समयमा बोल्न नदिएको भन्दै अमरेशकुमारले लुगा फुकालेर अर्धनग्न भएर विरोध जनाएका थिए ।

सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटकपटक चेतावनी दिनुभएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए।