२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि…



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।

उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुन: सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको जहाजको ल्याडिङ् गियरमा समस्या देखिएकाले पुन: गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालेर विमानस्थलको उडान सामान्य भइसकेको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।

उक्त जहाज भैरहवाबाट बिहान करिब ९:४० बजे काठमाडौँ उडेको थियो । उडानभरेको केहीसमयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमानचालक (पाइलट) ले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए । रासस