३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपाले शुरु गर्‍यो काठमाडौंको तार व्यवस्थापन कार्य



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य शुरु गरेको छ ।

सोमवार बिहान माईतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन शुरु भएको हो ।

महानगरपालिकाले नेपाल टेलिकम, वल्र्ड लिंक, बोर्ड लिंक लगायतका सम्बन्धित निकायहरुसँगको समन्वयमा तार व्यवस्थापन गर्न शुरु गरेको छ । तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका महागरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन शुरु गरिएको र यो अभियान काठमाडौंभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गर्नुभयो । उहाँले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्वपूर्ण भुमिका खैल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैको समन्वयमा हामीले काम शुरु गरेका हौँ । अव्यवस्थित तार हटाइएको हो । यो अभियान सबैतिर हुनेछ । भित्रि बस्ती र बाहिरि बस्ती सबैमा हामीले अव्यवस्थित तार हटाउनेछौँ ।’

त्यस्तै तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गर्नुभएका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो तार सबै फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताउनु भयो । उहाँले तार व्यवस्थापनको कार्य समन्वयमा नै शुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टेलिकमको तार हामीले काठमाडौंमा सबै फाइबरबाट चलाइसकेका छौँ । यहाँ टेलिकमको तार चिनिन्छ, राष्ट्रको सम्पती बचाउनुपर्छ, हामीले एनटिसी लेखेका छौँ, चिनिन्छ । हामीले अव्यवस्थित राखेका छैनौँ ।’

त्यस्तै तरा व्यवस्थापनका ालगि बोर्डलिंकबाट प्रतिनिधित्व गर्नुभएका यादव तिमल्सिनाले मानवीय त्रुटीका कारण समस्या आइरहेको अवस्थालाई मध्यनजर गरी तार व्यवस्थापन शुरु गरिएको बताउनु भयो । उहाँले असरल्ल देखिएका तारहरुको व्यवस्थापनले नै सुन्दर काठमाडौं हुन मद्दत पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यसको व्यवस्थापनमा लागिपरेका छौँ, फिल्डमा विभिन्न समस्या आउँछ, त्यसपछि काम गर्दै जाँदा मानवीय त्रुटीका कारण यो असरल्ल देखिएको हो, व्यवस्थापन गरेर जाँदा राम्रो होला । तार अव्यवस्थित बनाउने कुरामा पनि बेथिति बढेको रहेछ ।’

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आईतवार बसेको बैठकले सोमवारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गते भित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो ।