५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशमा कार्की सिफारिस हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आज संवैधानिक परिषदको बैठक बस्ने भएको छ । आज साँझ छ बजेतिर बस्ने बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गर्नेमा सहमति जुटेको छ ।

सर्वोच्च अदालत लामो समयदेखि कामूको भरमा चलिरहेको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्षको भेटपछि बैठक बस्ने टुंगो लागेको हो ।

यसअघि प्रतिनिधिसमाको पहिलो अधिवेशनका लागि अन्तिम समयमा संवैधानिक परिषद सम्बन्धी (संशोधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिममा आएर रोकिएको थियो । संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकारसहित बुँदा थप गरेर विधेयक ल्याइएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।