२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी प्रकरण : ठूला नेता तानिन थालेपछि राजनीतिक वृत्त तरंगित



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ । यो प्रकरणमा प्रमुख दलका नेताहरु पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो । यसैकारण दलका शीर्ष नेताहरुको दौडधुप पनि बाक्लिएको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा छोरा प्रतीक प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीहरुमध्ये सन्दीप पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझी र प्रतीक थापा भने फरार छन् ।

पूर्वउपप्रधानमन्त्री रायमाझीविरुद्ध प्रहरीले गत बुधबार जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएपछि एमाले अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले आफूले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको प्रतिक्रिया दिएका थिए । उनले पूर्वउपप्रधानमन्त्री भइसकेको व्यक्ति ९रायमाझी० भागेर कहीँ नजाने भएकाले बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए । तर रायमाझी चार दिनदेखि फरार छन् ।

पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले पार्टीका अन्य नेता पनि तानिन सक्ने देखेपछि सत्तारुढ दलतर्फ औँला तेस्र्याउन थालेको छ । प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा तत्कालीन गृहमन्त्री रहेका पार्टी उपाध्यक्ष थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । थापा गृहम्नत्री हुँदा सल्लाहकार रहेका इन्द्रजित राई प्रहरी हिरासतमा छन् ।

ओली सरकारमा पालामा २०७६ असार २९ गते गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा घुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन कार्यदल गठन भएको थियो । जसको संयोजना तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईले गरेका थिए । यस्तै गिरोहकै सदस्यको सिफारिसमा कार्यदलका सदस्यहरु नियुक्त गरिएको कुरा पनि खुलेको छ । यसकारण तत्कालीन गृहमन्त्री थापा पनि तानिन सक्ने खतरा छ । गृह प्रशासनमा निजामति सेवाका तर्फका एमाले निकट कर्मचारी पनि तानिन सक्ने सम्भावना छ ।

यसैक्रममा एमाले अध्यक्ष ओलीले शनिबार पनि प्रधानमन्त्री दाहाललाई भेटेर ठगी गिरोहमा संलग्न भएको भन्दै चारजनाको नाम दिएको स्रोतको दाबी छ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी एवं प्रतिनिधिसभा सदस्य मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ ।

ओलीले यी चारैजनाको नाम र प्रमाण सरकारी वकिल र प्रहरीमार्फत् आफूकहाँ आएको दाबी गरेको स्रोतको भनाइ छ । जसका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूकहाँ भेट्न पठाइदिन ओलीले गरेको आग्रहमा प्रधानमन्त्री दाहाल सहमत भएको बुझिएको छ । आजको नागरिक दैनिकमा समाचार छ