३१ भाद्र २०८३, बुधबार
,
Latest
काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय आर्मीले पहिलो पटक नेपाली महिलालाई सेनामा भर्ना लिने



अ+ अ-

काठमाडौँ । भारतीय आर्मीले पहिलो पटक नेपाली महिलालाई सेनामा भर्ना लिने भएको छ । महिला मिलिटरी पुलिस पदका लागि नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।

आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

भर्ना हुन चाहनेले आगामी जुलाई २० तारिखसम्म आवेदन दिन पाउने छन् भने आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ । शहीद परिवारको हकमा भने उमेर हद ३० वर्षसम्म राखिएको छ ।

कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने उल्लेख छ ।

अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख गरिएको छ ।  

शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ ।

त्यसअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइनेछन् । अविवाहितको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ ।