पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन सरकारको आयु लामो नभएको बताएका छन् । गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै उनले गठबन्धनको आयु लामो नहुने टिप्पणी गरेका हुन् ।
‘कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन,’ गुरुङले भने, ‘मेरो भूमिकामा फरक पर्ला तर प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यतामा म अडिग छु ।’
आइतबार पोखरामा पत्रकार सम्मेलनमा गुरुङले गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने बताए ।
राजनीति फोहोरी खेल नभएपनि राजनीतिमा फोहोरी मान्छेको प्रवेशले नेपालको राजनीतिमा समस्या देखिने बताए ।