२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने मन्त्रिपरिषदको निर्णय



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ। आइतबार बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।

यस्तै बैठकले सरकारका प्रवक्तामा मन्त्री कुमार खड्कालाई तोकेको  हो ।  

आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेटका बारेमा पनि मन्त्रिपरिषदमा छलफल भएको उनले जानकारी दिए।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ। बजेटअघि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नअघि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए।

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मन्त्रिपरिषदमा चार जना मन्त्री छन्।

नेपाली नेतृत्वको सरकारलाई माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ।