काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि जनाउदै प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तारमा समावेशी ल्याउनु पर्ने बताएका छन् ।
प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।
प्रदेश प्रमुख झाले पत्रमा लेखेका छन् ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ ।’