२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक काठमाडौँमै बस्ने भएको छ । वैशाख २८ मा झापामा बोलाइएको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने भएको हो ।

बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको थियो । संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा समेत केन्द्रित हुनुपर्ने भएकाले बैठक काठमाडौंमै बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने बताइएको छ ।