१२ पुष २०८१, शुक्रबार
,
Latest
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत तेह्र सय फरार प्रतिवादी पक्राउ उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर साहको आग्रह संविधान बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता पाउँछन्ः गृहमन्त्री लेखक विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारलाई मेयर शाहको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणको जरोसम्म पुगेर छानबिन गरियोस्– राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरोसम्म पुगेर छानबिन गर्न माग गर्नुभएको छ ।

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विगतका एनसेल, वाइड बडी, ललिता निवास जस्ता ठूला भ्रष्टाचारको फाइल खोल्न आग्रह गर्दै यदि त्यस्ता ठूला भ्रष्टाचारको फाइल खोल्न सके प्रधानमन्त्री प्रचण्डले कति वर्ष सरकारको नेतृत्व गर्ने त्यसको समर्थन राप्रपाले गर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै भन्नुभयो, “क्यान्टोनमेन्टमा भएको अनियमितता के हो ? आफूलाई चोखो छु भन्ने लाग्छ भने प्रचण्डजी, आफ्नो टाउकोमाथि लागेको आरोपबाट मुक्त हुने सामर्थ्य देखाउनुस् । होइन भने भ्रष्टाचारको डंगुरमाथि बसेर सुशासनको कुरा धेरै दिन टिक्दैन ।”