३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा राहत तथा स्वास्थ्य सामग्री वितरण



अ+ अ-

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ घर भई हाल राजधानी काठमाडौँ बसोबास गर्दै आएका युवाहरुले सहयोग सङ्कलन गरी गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सामाजिक कार्यमा संलग्न युवाहरुले सामाजिक सञ्जालमार्फत सहयोग रकम सङ्कलन गरी रु तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री गाउँमा ल्याई हिजो र आज वितरण गरेका हुन् ।

उनीहरुले १०० बोरा चामल, १०३ प्याकेट नुन, १०० प्याकेट खाने तेल, तीन सेट अक्सिजनसहित सिलिण्डर, सात हजार प्रतिमास्क, स्यानिटाइजर, डिजिटल थर्मोमिटर, अक्सिमिटरलगायत सामग्री गाउँको स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय र स्थानीय घरघरमा वितरण गरेको रामपुर युवा सञ्जालका अर्जुन दाहालले बताउनुभयो । 

अक्सिजनसहितको सिलिण्डर सेट रामपुरको स्वास्थ्य चौकीलाई प्रदान गरिने भन्दै अर्का युवा विक्रम दाहालले कोरोना महामारीको समयमा गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गर्नका लागि राजनीतिक नेता, कार्यकर्ता, समाजसेवी, शिक्षक र युवाहरुले सहयोग गरेको बताउनुभयो । चामल, नुन, तेल भने विपन्न परिवारलाई प्रदान गरिएको छ । 

स्थानीयवासी इन्द्र कार्कीले कोरोना महामारीले सबै काम ठप्प भएका बेला युवाहरुको सक्रियतामा सहयोग सङ्कलन गरी गाउँमा वितरण गरेकामा उनीहरुलाई धन्यवाद दिनुभयो । ओखलढुङ्गा जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८७ र मृतकको सङ्ख्या आठ पुगेको छ । रासस