१६ भाद्र २०८३, मंगलवार
,
Latest
अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठकमा सांसद उपस्थित नभएपछि विद्युतीय हाजिरी गर्नेबारे छलफल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा माननीय सदस्यहरुको डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज छलफल भएको छ ।

बैठकमा ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा हो ।

बैठकमा सभामुख देवराज घिमिरेले भन्नुभयो, “संसद्मा माननीयहरुको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद् सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रियसभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।”

उहाँले नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने जानकारी दिनुभयो । सो सम्बन्धमा उहाँले कानून मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण हुने बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानूनमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।”

उहाँले संसदीय सुनुवाई समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने भन्दै समितिको नेतृत्व पनि यही बीचमा टुंग्याउन आग्रह गर्नुभयो ।




भर्खरै