२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज ३ खेल हुँदै, इंग्ल्यान्डलाई क्रोएशियाको चुनौती



अ+ अ-

एजेन्सी । युरोपियन च्याम्पियनशीप (युरो कप) अन्तर्गत आज (आइतबार) ३ खेलहरु हुँदैछन् । 

मिनि विश्वकप पनि मानिने युरो कपमा पहिलो खेल इंग्ल्यान्ड र क्रोएशियाबीच वेम्ब्ले मैदानमा हुनेछ । समूह डी मा रहेका दुबै टीमले सुखद सुरुवातको नतिजा अपेक्षा गर्दै मैदानमा उत्रनेछन् । 

यस प्रतियोगिताको प्रमुख दाबेदारमध्ये एक मानिएको इंग्ल्यान्डलाई २०१८ को विश्वकप उपविजेता क्रोएशियाले कडा टक्कर दिने अनुमान गरिएको छ । 

यस्तै दोस्रो खेलमा पहिलोपटक युरो कपमा सहभागिता जनाएको नर्थ म्याक्डोनियाले अष्ट्रियासँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो तथा अन्तिम खेल नेदरल्यान्ड्स र युक्रेनबीच नेदरल्यान्ड्सको आम्स्टर्डाम मैदानमा हुनेछ । 
खेल तालिकाः
समूह डी
इंग्ल्यान्ड विरुद्ध क्रोएसिया ६ः४५ बजे (वेम्ब्ले स्टेडियम)
समूह सी 

अष्ट्रिया विरुद्ध नर्थ म्याक्डोनिया ९ः४५ बजे (नेशनल एरिना स्टेडियम)

समूह सी 
नेदरल्यान्ड्स विरुद्ध युक्रेन  १२ः४५ बजे (आम्स्टर्डाम एरिना स्टेडियम)