२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित (भिडियो सहित)



अ+ अ-

बुटवल । लुम्बिनी सरकारमा प्रस्तुत भएको नीति तथा कार्यक्रम बहुमतबाट पारित गरिएको छ । आज बसेको प्रदेशसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । 

नीति तथा कार्यक्रम पारित भएसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ । यता विपक्षी गठबन्धनले भने आफूहरूको बहुमत हुँदा हुँदै मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै विरोध जनाउँदै आएका थिए । 

यसबाट मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई थप राहत मिलेको छ ।