२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे

‘एकद्वार नीति एकदमै प्रत्युत्पादक छ’- सोम धिताल

‘एकद्वार नीति एकदमै प्रत्युत्पादक छ’- सोम धिताल
अ अ+ अ-

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ । 

नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताउनुभयो । बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने उहाँले बताउनुभयो ।

विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैको लागि प्रत्युत्पादक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘एकद्वार नीति एकदमै प्रत्युत्पादक छ । सञ्चारमाध्यमलाई पनि र सरकारलाई पनि प्रत्युत्पादक छ । त्यसैले यो व्यवस्था अनुसार हुनुहुँदैन भन्ने हाम्रो माग हो । त्यसैले एकद्वार प्रणाली खारेज गर्नुपर्छ । र विज्ञापन क्षेत्रको उत्थानका लागि विज्ञापन बोर्डले काम गर्नुपर्छ । विज्ञापन क्षेत्रको विस्तारका लागि मिडियाको उन्नतिको लागि, विज्ञापन व्यवसायीहरुको स्तरोन्नतिको लागि विज्ञापन बोर्डले काम गर्नुपर्छ ।’

नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष रविन्द्र रिजालले सरकार अथवान नीजि क्षत्रले गर्ने विज्ञापन सम्बन्धी काम विज्ञापन व्यवसायी मार्फत जाँदा नै मिडिया हाउसलाई सहज हुने बताउनुभयो । विज्ञापनसँग सम्बन्धित नीति, नियम बनाउँदा यससम्बन्धी विज्ञहरुसँग छलफल परामर्श नगरिएको भन्दै उहाँले आगाी दिनमा सम्बन्धित विषय विज्ञको सुझाव लिइनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारले गर्ने होस् अथवा नीजि क्षेत्रले गर्ने विज्ञापन विज्ञापन व्यवसायीबाटै जाँदाखेरी मिडियालाई पनि सहज हुने र विज्ञापन व्यवसायीले पनि आफ्नो काम गर्न पाउनछन् । ऐन नियम बनाउँदा सम्बन्धित विज्ञसँग सुझाव लिनुपर्छ ।’

आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए कानुनी बाटो समात्ने पनि आनले जनाएको छ भने संघर्षको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ । आनले आफ्नो स्थापना दिवसको अवसर पारेर आइतवारदेखि असार ७ गतेसम्म विज्ञापन सप्ताह मनाउँदै छ । एक साता विभिन्न कार्यक्रम गरिने भएको छ । जस अनुसार पहिलो दिन कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने सप्ताहभरी विज्ञापन क्षेत्रका विभिन्न व्यक्तिहरुसँग अन्तत्र्रिmया तथा मिडियामा यस क्षेत्रका व्यक्तिहरुको बाइट तथा अन्तर्वार्ताहरु प्रस्तुत गरिने आनले जनाएको छ ।