११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो

‘लग्जम्बर्गजस्तै बेथानचोक’

‘लग्जम्बर्गजस्तै बेथानचोक’
अ अ+ अ-

काभ्रेपलाञ्चोक । लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार बेथानचोक गाउँपालिका पुग्नुभयो । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उहाँलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो ।

गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको एक भेटमा सोध्नुभयो, “नमस्कार, बेथानचोक आराम हुनुहुन्छ रु” उपस्थित सबैले आराम छौँ, अनि तपाईँ रु भन्नेबित्तिकै फयोटले भन्नुभयो, “मेरो नाम फ्रन्ज फयोट हो, मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो ।”

कार्यक्रममा बोल्ने क्रममा बेथानचोक जाँदाको छोटो अनुभव सुनाउँदै मन्त्री फयोटले भन्नुभयो, “यता आइरहँदा बाटोमा देखेको आलुखेती, यहाँको रूखबिरुवा देख्दा म लग्जम्बर्गमै छु झैँ लाग्यो, लग्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो, बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदोरहेछ ।” उहाँले यत्ति भनिरहँदा स्थानीय खुसीले गदगद् देखिन्थे । दोभासेमार्फत यी कुरा सुन्दा स्थानीय खुसी हुँदै मन्त्री फयोटलाई तालीले अभिनन्दन गरिरहन्थे ।

स्थानीय ग्रामीण विकास संस्था ९एआरडी०सँगको सहकार्यमा गाउँपालिकासँग मिलेर लग्जम्बर्गको एइआइएन लक्जम्बर्ग नामक संस्थाले बेथानचोकमा सञ्चालन गर्दै आइरहेका विभिन्न परियोजनामध्ये तरकारी उत्पादन तथा बजारीकरणको जानकारी लिन फयोट यहाँ पुग्नुभएको हो । लग्जम्बर्गले बेथानचोकमा जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारीका माध्यमबाट कृषि तथा फलफूल उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउँदै आइरहेको छ ।

संस्थाका अध्यक्ष विमला अधिकारीले तरकारी ढुवानीका लागि एइआइएन लक्जम्बर्गबाट रु २५ लाख ८० हजार सहयोग प्राप्त भएको र उक्त रकमबाट सवारी साधन खरिद गरिएसँगै बजारीकणका लागि सहज भएको जानकारी गराउनुभयो । स्थानीयले बेथानचोकमै एउटा शीतभण्डार ९कोल्डस्टोर० भए सहज हुने अपेक्षात्मक भनाइलाई मन्त्री फयोटले बेथानचोकका गाउँबस्तीमा बाटो निर्माणको चरणमा रहेकाले अबका केही महिनामा यहाँको कृषि उपज सहजै केन्द्रीय राजधानी काठमाडौँसम्मै लैजान सकिने भएकाले अन्य आवश्यकता बताउन आग्रह गर्नुभयो ।

मन्त्री फयोटले भन्नुभयो, “आवश्यकताका बारेमा गाउँपालिका ९स्थानीय सरकार०सँग सहकार्य गर्न सकिन्छ, भर्खरै सहकारीको प्रतिवेदन सुनेँ, चार सय १४ जनाबाट सुरु भएको सदस्य सङ्ख्या एक हजार सात पुगेछ, यो नै समृद्धिको बाटो ठान्नुस्, यसरी नै एक दिन बेथानचोक पनि मिनी लग्जम्बर्ग बन्ने छ ।” करेसाबारी, व्यावसायकि खेती प्रणाली, कृषि तथा पशुपालन नै बेथानचोकको ‘समृद्धि’ हुने मन्त्री फयोटको भनाइ थियो । “तपाईँ हामी मिलेर बेथानचोकलाई मिनी लग्जम्बर्ग बनाउनुपर्छ, हुन्छ नि रु” उहाँको प्रश्नमा सबैको एउटै उत्तर आउँछ ‘हुन्छ नि १’

गाउँपालिकाको प्राङ्गणमा केहीबेर स्थानीयसँगको साक्षात्कारपछि मन्त्री फयोटसहितको एक समूहले कामीडाँडास्थित ग्रामीण विकास संस्थासँगको सहकार्यमा एइआइएन लक्जम्बर्गको रु एक करोड १५ लाखको सहयोगमा निर्माण भएको कपेर महाँकाल आधारभूत विद्यालयको भवन निरीक्षण गरेको थियो । विद्यालय जाने क्रममा मन्त्री फयोटले किसानको भकारो सुधार, करेसाबारी, व्यावसायिक खेती, कृषि तथा पशुपालनको निरीक्षणसमेत गर्नुभयो ।

मन्त्रीसहित लग्जम्बर्गकोको टोली कामीडाँडा पुग्दा स्थानीयले झाँकीसहित विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए । उक्त अवसरमा नवनिर्मित भवनको अवलोकन गर्दै उहाँले गुणस्तरीय संरचना बन्न सके बालबालिकाको सिकाइ उपलब्धिमा सुधार आउने र समाज दीर्घकालीन विकासको बाटोमा लम्किने बताउनुभयो । फयोटले त्यहाँ पनि भन्नुभयो, “बेथानचोक मिनी लग्जम्बर्ग बन्न सक्छ ।”

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बेथानचोकको जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारी व्यवस्थापनका माध्यमबाट कृषि तथा फलफूल उत्पादन तथा बजारीकरण, भकारो सुधारलगायतका गतिविधिमा लग्जम्बर्गले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पर्यटन, सडक सञ्जालीकरण, शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा बेथानचोक गाउँपालिका क्रियाशील रहेको भन्दै अध्यक्ष अधिकारीले दातृ निकायसँग पनि थप सहकार्य हुँदै जाने अपेक्षा रहेको बताउनुभयो । रासस