१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा सचेतना अभियान



अ+ अ-

काठमाडौँ । नागरिकलाई शाकाहारी बनाउने उद्देश्यका साथ पशुबलि निषेध गर्न आज पशुपतिनाथ मन्दिर परिसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले पशुबलि रोक्न आग्रह गर्दै उक्त सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

हरेक मङ्गलबार सडकपेटीमा व्यानरसहित पशुबलि रोक्न आग्रह गर्ने र शनिबार बिहान विभिन्न मन्दिरमा गएर पशुबलि रोक्नका लागि सचेतनामूलक कार्यक्रम गरिँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्वअध्यक्ष मातृका प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सचेतनामूलक कार्यक्रम कुनै सहयोगबिना स्वतःस्फूर्तरूपमा २०७२ सालदेखि गरिँदै आएको छ ।

विसं २०५२ देखि यो अभियान सुरु भए पनि २०७२ सालदेखि नियमितरूपमा अभियान सुरु गरेको अध्यक्ष प्याकुरेलको भनाइ छ ।