२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार थप २ हजार ४०७ जनामा कोरोना संक्रमण, ४६ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा ३९९४ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ रहेको छ ।