२२ असार २०८३, सोमबार
,
Latest
गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइयो, के-के मा भयो खुकुलो



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार छ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। 

यसअघि वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएपनि निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ। 

बिहान ११ बजेसम्म खाद्यान्न पसल  र पुस्तक पसल खोल्ने पाइनेछ। यस्तै हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खुला हुनेछन्। होम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ६ लाख ६७ हजार ७८ पुगेको छ। कोरोनाबाट ८ हजार ३६६ जनाले ज्यान गुमाइसकेका छन्।