२२ असार २०८३, सोमबार
,
Latest
गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर–जडीबुटी सडक खण्ड निर्माण सम्पन्न भएन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिएसम्पन्न हुन नसक्ने भएको छ ।

सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो । यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो । 

टुन्डी सुसन जेभी निर्माण कम्पनीेले ७ करोड रुपैयाँमा २०७८ सालको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो ।  हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख ई. कुवेर नेपालीले बताउनुभयो । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उहाँले बताउनुभयो ।

मौसम राम्रो भएमा यसै आर्थिक वर्ष भित्रमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिने तर्फको बिस्तारीत ३ लेन बराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रे तर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानुनी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने प्रमुख नेपालीले बताउनुभयो ।