१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम सफा रहने



अ+ अ-

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भेगमा बदली रहनुका साथै ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।